दक्षिण कोरियाले उक्त विषय गोप्य राख्ने सहमति भएको दाबी गर्दै युक्रेनले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। तर युक्रेनले त्यस्तो सहमति नभएको बताउँदै आएको छ।
काठमाडौं । बडादशैंअन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप निकै कम देखिएको छ। दसैँ मनाउन ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएपछि सडकमा सवारीसाधनको आवागमन घटेको हो। महानवमीका दिन सवारीसाधनको पूजा गर्ने परम्पराले पनि सडकमा सवारीसाधन कम देखिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन्। […]
कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ । नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए […]