दसैँको रौनकसँगै काठमाडौंका सडक सुनसान, सवारी चाप घट्यो

काठमाडौं । बडादशैंअन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप निकै कम देखिएको छ। दसैँ मनाउन ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएपछि सडकमा सवारीसाधनको आवागमन घटेको हो। महानवमीका दिन सवारीसाधनको पूजा गर्ने परम्पराले पनि सडकमा सवारीसाधन कम देखिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन्। […]