कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ । नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए […]