कोरोना विशेष कृषि अनुदानमा दुरूपयोग, बाँडियो मृत्यु भएका व्यक्तिको नाममा र गैरकिसानलाई !

जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा उक्त अनुदान रकम वास्तविक किसानभन्दा पनि दलका कार्यकर्ता, एउटै घरका दुई/दुई जना व्यक्ति, तरकारी खेती नगरेका गैरकिसान मात्र होइन ३० वर्ष पहिले नै मृत्यु भएका व्यक्तिका नाममा समेत उपलब्ध गराएको पाइएको छ।