सार्वजनिक जग्गा खोजी गर्दै हेटौँडा उपमहानगरपालिका

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने भएको छ। उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा विकासे कार्यक्रम गर्न अप्ठ्यारो भएकाले उपमहानगरको कार्यपालिका बैठकले तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।  उपमहानगरपालिकाको नाममा भएका जग्गाको संरक्षण नभएको र भएका केही जग्गा पनि...

सम्बन्धित सामग्री

एउटै भवनमा तीन संस्थाको दाबी

एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुर रहेको भवन र जग्गामा समन्वय एकाइसँगै सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा उपमहानगरपालिकाले आआफ्नै दाबी गरेपछि विवाद भएको हो।

हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । “कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने […]

हेटौँडामा राजमार्ग विस्तार थालियो - NepaliPatra

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । “कडा कार्यालयको २५ मिटर जग्गा सडक […]

हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौँडा : वाग्मती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ। करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको वाग्मती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्को कार्यालय तथा सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा निर्माण गर्ने भएको…

हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना

स्थायी संरचना बनाउँदै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार चार वर्षपछि आफ्नै संरचना निर्माणको तयारीमा जुटेको छ । यसका लागि गठबन्धन सरकारले जग्गा खोजी र छनोट गर्न थालेको छ । स्थायी प्रादेशिक संरचना निर्माण गर्न हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र...

प्रादेशिक संरचना निर्माणका लागि हेटौँडाको ८ स्थानमा जग्गा छनौट

बागमती प्रदेश सरकारले स्थायी प्रादेशिक संरचना निर्माणका लागि मकवानपुरका विभिन्न ८ स्थानमा जग्गा छनोट गरेको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वको सरकारले प्रादेशिक संरचना निर्माणको लागि हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा गरेर ८ वटा स्थान छनौट गरेको हो ।प्रदेश सरकार स्थापनको ४ वर्ष पूरा भइसक्दा समेत विगतमा ३ पटक सरकार परिवर्तन भए पनि हालसम्म पनि प्रादेशिक संरचनाको काम अघि बढ्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई प्राथमिकताको साथ अघि बढाएको मुख्यमन्त्री तथा मन

जग्गा विवाद टुङ्गियो

हेटौँडा उपमहानगरपालिका–१४, मयुरधापस्थित प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद टुङ्गो लागेको छ । जग्गा विवादको सम्बन्धमा वन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पदाधिकारीबीच भएको संयुक्त छलफलमा भोगाधिकार रहने गरी जग्गा दिने सहमति भएपछि औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि बाटो खुलेको छ । मयुरधाप औद्योगिक क्षेत्रलाई औद्योगिक क्षेत्रको संरचना निर्माण गर्न पहिले प्राप्त लालपुर्जा खारेज गरी जग्गा भोगाधिकारमा दिने गरी सहमति भएको हो ।

हेटौँडामा सडक विस्तार दस वर्षमै गुम्दै लालपुर्जा

हेटौँडा उपमहानगरपालिका–९ का धनप्रसाद सुवेदीलाई सरकारको एउटा निकायले दिएको जग्गाधनी पुर्जा सरकारकै अर्को निकायले खोस्दै छ। खरिद गरेको जग्गा गुम्ने र लालपुर्जा खोसिने मात्र होइन, सडक विस्तारका नाममा चार दशकभन्दा लामो समयदेखि बस्दै आएको थातथलो छाड्न उहाँलाई बाध्य बनाउन लागिएको हो।

अतिक्रमित सरकारी जग्गा भाडामा

हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको जग्गा अतिक्रमणमा परेको छ। क्लब र केही व्यक्तिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएको पाइएको हो।