क्यान्सरपीडित जन स्वास्थ्य विज्ञ डा शाक्यको निधन

काठमाडौं– जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ ।  उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्य अविवाहित थिइन् ।  प्रिन्सिपल श्रेष्ठका अनुसार हाल डा. शाक्य नयाँ […]

सम्बन्धित सामग्री

बिते नेपालको ग्रामीण स्वास्थ्य सुधार्न सघाउने यी दानवीर अमेरिकी

३० वैशाख, काठमाडौं । नेपालको ग्रामीण स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सहयोग पुर्‍याउने निक साइमन्स इन्स्टिच्युटका संस्थापक जेम ह्यारिस साइमन्स ‘जिम’ को निधन भएको छ । गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक साइमन्सकोे ८६ वर्षको …

खोपको महाअभियान सम्पादकीय

सन् २०२० को अन्तिम दिन चीनको बुहानमा देखिएको कोराना (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी हुँदै गर्दा विश्व समाजले अनिश्चयको सुस्केरा हाल्दै थियो– यो महामारीबाट कसरी छुट्कारा पाइनेछ ? समस्या अघिअघि समाधान पछिपछि भनेझैँ महामारीविरुद्ध तत्कालीन र दीर्घकालीन उपायको खोजीमा विश्वका विज्ञ समूह लाग्यो, लागिरहेको छ । सन् २०२१ समाधानको किरण लिएर उदायो– ‘खोपमार्फत महामारीको उपचार सम्भव छ ।’ विश्व बिस्तारै विश्वासको सुस्केरा हाल्दैछ महामारीबाट अवश्य छुट्कारा पाइनेछ, विजय मानिसको हातमा छ । महामारीको फैलावटसँगै विकसित देशहरू सङ्क्रमणविरुद्ध खोप बनाउन सफल हुँदै आएपछि यसले मानव जीवन सुरक्षाको दीर्घकालीन प्रत्याभूति दिएको छ । नेपालले आधुनिक र परम्परागत उपचार विधिमार्फत महामारीलाई सीमित दायरामा खुम्च्याउन सफलता पाउँदै आएको छ । महामारीले सम्पन्न देश वा अर्थतन्त्र चिन्दो रहनेछ । सम्पन्न भनिएका देशको तुलनामा सङ्क्रमणबाट नेपालमा न्यून क्षति हुनुमा सरकारको उचित समयको सही निर्णय, चिकित्सक÷स्वास्थ्यकर्मीको समर्पित सेवा, आमनागरिक मूलतः सङ्क्रमितको सुझबुझ र धैर्यले विशेष स्थान राखेका छन् । यति हुँदाहुँदै पनि सङ्क्रमणका कारण केही नेपाली दिदीबहिनी, दाजुभाइको दुःखद निधन भएको छ । यस्तो दुःखद पीडाबीच पछिल्ला दिन सङ्क्रमित हुनेको सङ्ख्या घट्दैछ भने बुधबारबाट देशैभर सङ्क्रमणविरुद्ध खोप अभियान सञ्चालन भएको छ, जसले नेपालीमा स्वास्थ्य सुरक्षाको अभूतपूर्व प्रत्याभूति वृद्धि गरेको छ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई