नेपालमा पछिल्लो निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसको पहिले भारतीय कंग्रेससँग भाइचाराको सम्बन्ध रहँदै आएको थियो, तर अहिले बदलिएको छ । अहिले कांग्रेस र भाजपाको सम्बन्ध यति मजबुत...
१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र भारतको सम्बन्ध जनस्तरदेखि सरकारसम्म प्रगाढ रहेको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा आज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “नेपाल–भारत सम्बन्ध सरकार र सरकार बीचमा मात्र नभई जनता र जनताबीच प्रगाढ रहिआएको छ ।”सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको विकासमा भारत सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको समृद्धि र विकासमा भारतको महत्वपूर्ण भूम
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ ।
खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ ।
नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।
गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ ।
पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन ।
भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ ।
काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ ।
भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए । ‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ ।भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति(व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।&nb
काठमाडौं, १८ चैत्र । भारतीय राज्यसभाका पूर्व सदस्य तथा वरिष्ठ राजनीतिज्ञ केसी त्यागीले अहिले नेपाल-भारत सम्बन्ध राम्रो रहेको बताएका छन् । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध धेरै पूराना रहेकोपनि स्मरण गराए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सरिक नेता त्यागीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले […]
इलाम : अग्ला पहाड बीचको बजारमा करिब ५ सय घरधुरी होलान्। सिमा वारीपारी उस्तै घर संख्या। सिमा छुट्याउने पिलर बाहेक दुइ देशीय सिमाना हो भनेर छुट्याउन अरु आधार खोज्न केही समय लाग्ला।दुवै तर्फको रहनसहन पनि उस्तै। व्यवसायीक र पर्यटकीय बजार भएकाले व्यवसाय पनि धेरै मिल्दोजुल्दो नै छन् सूर्योदय नगरपालिका–१ र पश्चिम बंगालको सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा। जंगे पिलरले छुट्याएको बजारको नेपाल–भारत जोड्ने माध्यम चाहि फुटबल हो।हरेक वर्ष मानेभञ्ज्याङ मैदानमा आयोजना हुने प्रतियोगिता नेपाल र भारतक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।‘नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धला
काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा बौद्धिक व्यक्तितव मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित भएको छ ।
पुस्तकको विमोचन शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा गर्ने कार्यक्रम छ । पुस्तकमा नेपाल र भातबीचको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ ।
यो पुस्तकले नेपाल र भारतबीच भएका विभिन्न सन्धि सम्झौता, अतिक्रमण लगायत नेपालमाथिको भारतीयहस्तक्षेपबारे बुझ्न मद्दत पुग्नेछ।
जलजला अफसेट प्रेसद्वार मुद्रित पुस्तकको प्रकाशकमा गीता भट्ट हुनुहुन्छ । पुस्तकको व्यक्तिगत मूल्य ३५० तथा संस्थागत रु एक हजार रुपैयाँ कायम गरिएको छ ।
शनिबार (चैत १४ गते) बागबजारस्थित हार्दिक होटलमा हुने पुस्तक विमोचन समारोहमा उपस्थित हुन लेखक भट्टले सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग आग्रह गर्नुभएको छ