दशैं सुरु भइसक्यो, वातावरण दशैंको माहोलमा रम्न थालिसक्यो । दशैंको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ-गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।