कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं, साउन ३ । कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो। चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर […]

सम्बन्धित सामग्री

रात्रीभोजपश्चात मृत्यु प्रकरण: कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोजमा कुखुराको मासु विषाक्त भएका कारण बिरामीको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।  भोजमा सहभागी एक जनाको मृत्यु र धेरै बिरामी भएपछि गठित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

नेपालमा ब्रोइलर कुखुराको मासु अभाव

भरतपुर– नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।  बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताए। उनले […]

कुखुराको मासु : कतै सस्तो, कतै महँगो

बजारमा यतिबेला कुखुराको मासुको भाउ ओरालो लागेको छ र अझ घट्ने सम्भावना छ । उत्पादन बढी भएका कारण भाउ घट्न थाले पनि भाउ भने कतै सस्तो कतै उस्तै देखापरेको छ । उपभोक्ताहरूले दुई चार ठाउँ भाउ बुझ्ने र किन्ने हो भने दशैंको मुखमा सस्तो खान पाउने छन् । चाडपर्वका बेला खाद्य पदार्थका सामग्री अभाव र त्यसका कारण हुने मूल्यवृद्धिसँग उपभोक्ता अभ्यस्त भइसकेका छन् । भीड धेरै हुनाका कारण उनीहरू मोलतोल गर्न पनि पाउँदैनन् । पाउनुलाई नै उपलब्धि ठान्ने र भाउलाई त्यति महत्त्व नदिइने दशैंका बेला कुखुराको मासु भने अझ सस्तिने राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेल्वासे क्षत्रीले बताएका छन् । उनका अनुसार संघमा आबद्ध २५० कोल्डस्टोरले एउटै भाउ राखी काठमाडौंमा उपभोक्तालाई सस्तोमा विक्री गर्ने गरेका छन् । गत असोज १२ गतेसम्म रू. २३० का दरले विक्री हुँदै आएको कुखुराको मासु असोज १३ गतेदेखि प्रतिकिलो रू. २१० मा झरेको छ । यो भाउ दशैंमा अझ घटेर रू. २ सय पुग्ने अनुमान छ । दशैंका लागि भनेर चारैतिरबाट कुखुरा एकैपटक ओइरिन थालेपछि भाउ घट्ने उनको तर्क छ ।  वर्ष ६, अंक २९, बुधवार, २० असोज २०६७

कुखुराको मासु कुन चाहिँ राम्रो ? छालासहित वा छाला रहित ?

विश्वभरी सबैभन्दा रुचाइने मासु भनेको कुखुराको हो । खाद्य तथा कृषि संगठन (एएफओ) का अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भयो । ल्याटिन अमेरिका कुखुराको मासु खपतमा तेस्रो स्थानमा छ । सन् २०१९ मा यहाँ प्रतिव्यक्ति कुखुराको मासुको उपभोग ३२.७० किलो थियो ।सन् २०२० मा ब्राजिलमा प्रतिव्यक्ति ४०.६ केजी कुखुराको मासु खपत थियो । योसँगै अर्जेन्टिना प्रतिव्यक्ति ४७ केजी चिकनसहित पहिलो स्थानमा थियो । चिकन सामान्यतया सस्तो हुन्छ । यसमा बोसो कम हुन्छ र यो खाने विषयमा निकै कम सांस्कृतिक र धार्मिक

इलाममा बोइलर कुखुराको मासु अभाव

इलाम-इलाममा बोइलर कुखुरा अभाव भएको छ । एक सातादेखि बोइलर कुखुराको मासु अभाव भएको हो ।केही महिनाअघि जाडो भएकै कारण इलाममा कुखुराका चल्ला नआउँदा यो सिजनमा मासु अभाव भएको बताइएको छ । दैनिक मासु खरिदका लागि उपभोक्ता आए पनि मासु अभाव भएकै कारण समस्या भएको व्यापारी हरी खड्काले बताए । उनका अनुसार केही समय अघिदेखि […]

प्रतिकिलो १५ रूपैयाँले बढ्यो कुखुराको मासु

बिहीबार (आज) देखि कुखुराको मासु प्रतिकिलो १५ रूपैयाँले बढेको छ। आपूर्ति कम भएकाले मूल्य बढाइएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरि कृष्ण रावलले जानकारी दिए।

प्रतिकिलो १५ रूपैयाँले बढ्यो कुखुराको मासु

बिहीबार (आज) देखि कुखुराको मासु प्रतिकिलो १५ रूपैयाँले बढेको छ। आपूर्ति कम भएकाले मूल्य बढाइएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरि कृष्ण रावलले जानकारी दिए।

नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध

हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइन

संघले तोकेको मूल्यमा पाउँदैनन् उपभोक्ताले कुखुराको मासु

उनी मात्र होइनन् दैनिक कुखुराको मासु उपभोग गर्ने उपभोक्तालाई महँगो तिर्नुपर्ने बाध्यता छ।