फाइनलमा भारत-पाकिस्तानको भिडन्त हेर्ने समर्थकको चाहना, सेमिफाइनलमा कसको प्रतिस्पर्धी को ?

अष्ट्रेलियामा जारी टि २० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेका छन्  ।न्युजिल्यान्ड र  इंग्ल्यान्ड समुह १ बाट सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत र पाकिस्तान समुह २ बाट सेमिफाइनलमा प्रवेश गरेका हुन् । न्युजिल्यान्ड र  इंग्ल्यान्ड क्रमश समुह बिजेता र उप बिजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै भारत र पाकिस्तान समुह बिजेता र उप बिजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । अब पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ । यो खेल आगामी बुधबार सिड्नी क्रिकेट ग्राउण्डमा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनलमा आगामी बिहिबार भारत र इंग्ल्यान्डबीच हुने छ । यो खेल एडीलेडमा हुने छ ।  दुवै खेल नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ ।  फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ ।  फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा  देखिन थालेको छ ।  भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । विश्वकप अन्तर्गत आज ३ खेल भएका थिए । जसमा पहिलो खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि साउथ अफ्रीका विश्वकपबाट बाहिरिएको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो । आज नै दोस्रो खेलमा बंगलादेश र पाकिस्तान खेलेका थिए ।  यस खेलको बिजेताले सेमिफाइनलमा स्थान बनाउने पक्का रहेकोले यो क्वाटरफाइनल जस्तै भएको थियो । यो खेलमा पाकिस्तानले बंगलादेश हराएर सेमिफाइनलमा पुगेको हो । आजको अन्तिम खेलमा भारतले जिम्बाबेलाई पराजित गर्दै समुह बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यद्यपि साउथ अफ्रीकाको हार सँगै अन्तिम खेल अगाडी नै भारत सेमिफाइनलमा पुगिसकेको थियो । आफ्नो अन्तिम खेल पनि जित्दै भारत समुह बिजेता बन्दै सेमिफाइनलमा जाने भएको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । 

सम्बन्धित सामग्री

देउवाका सातौँ प्रतिस्पर्धी बने थापा, होला त ‘मिराकल’ ?

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापाले मंगलबार (आज) संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।मंगलबार बिहान बसेको इतर पक्षको बैठकले देउवाविरुद्ध थापालाई अगाडि सार्ने निर्णय गरेको थियो । नेता शेखर कोइराला ‘ब्याक’ भएपछि भोलि देउवा र थापाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने संसदीय दलको नेताको निर्वाचनका लागि देउवा र थापाको मात

तनहुँमा त्रिपक्षीय भिडन्त

तनहुँ १ मा सत्ता र शक्ति नजिक रहेर विगतमा केन्द्रिय राजनीति गर्ने एउटै पार्टीका व्यक्तिहरु अहिले फरक फरक बाटोमा छन्। दुवै अहिले सत्ता र शक्तिबाट टाढा छन्। हिजोका सहकर्मी उनीहरु प्रतिस्पर्धी छन्।...

कपिलवस्तु १: पहिले सहकर्मी अहिले मुख्य प्रतिस्पर्धी

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिएसत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।...

पाँचथर (प्रदेश सभा-१) मा पूर्व सहकर्मीबीचको भिडन्त

१६ कात्तिक, पाँचथर । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश सभा १ मा दुई पूर्व सहकर्मी मुख्य प्रतिस्पर्धी छन् । उनीहरु हुन् नेकपा एमालेका राजकुमार भण्डारी र गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु । १० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्यप्रतिस्पर्धा यिनै पूर्व सहकर्मीबीच हुने देखिन्छ । रोचक यो पनि […]

हार सोचेकै छैन : बलायर, कोही प्रतिस्पर्धी नै देखेको छैन : भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ अहिले चर्चामा छ। कारण, संसदीय निर्वाचन तथा त्यहाँ चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू।उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेले २ ‘हेभीवेट’ नेताहरूबीच भिडन्त गराउने भएको छ। यहाँ प्रतिनिधि सभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने भएका छन्।नेताद्वय भट्ट र ब

संखुवासभामा खड्का र गौतमको भिडन्त

पूर्वी पहाडी जिल्ला सभासंखुवामा प्रतिनिधिसभाका लागि पुरानै अनुहारका मुख्य प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतम बिच ‘बेष्ट अफ थ्री’को रोचक भिडन्त हुने भएको छ।  संखुवासभामा...

भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त

२४ असोज, काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका धेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ । एक मात्र संघीय क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट सुदनको उम्मेदवारी परेको छ । २०५६ मै चुनाव जितेर कान्छा सांसद (२८ वर्ष) […]

स्थानीय तह निर्वाचन: ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आ

इक्वेडरको जेलभित्रै फेरि झडप, ६८ जनाको मृत्यु

इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा

‘मिस यूनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीको भीडन्त

यो बर्षको ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच भिडन्त हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै १६ प्रतिस्पर्धी सार्वजनिक गरेको हो । कार्यक्रममा १६ जना प्रतिस्पर्धीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना बताएका थिए । प्रतियोगीतामा १६ […]