इक्वेडरको जेलभित्रै फेरि झडप, ६८ जनाको मृत्यु

इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा