देउवाका सातौँ प्रतिस्पर्धी बने थापा, होला त ‘मिराकल’ ?

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापाले मंगलबार (आज) संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।मंगलबार बिहान बसेको इतर पक्षको बैठकले देउवाविरुद्ध थापालाई अगाडि सार्ने निर्णय गरेको थियो । नेता शेखर कोइराला ‘ब्याक’ भएपछि भोलि देउवा र थापाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने संसदीय दलको नेताको निर्वाचनका लागि देउवा र थापाको मात