निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले मकवानपुरका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । मंगलबार लिखित पत्र लेख्दै कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेका ३ जना कर्मचारीसँग २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेको समाचार र उजुरीको आधारमा उनीहरूलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरु