प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ ।
हठात् र छापामार शैलीमा संसद सचिवालयमा महाभियोग प्रस्ताव पुगेपछि यसको अन्तर्यको खोजी भइरहेको छ । महाभियोग तयार गर्दा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेताहरूले समेत पत्तो पाएका थिएनन् । प्रस्ताव दर्ता भएर सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मात्रै उनीहरूले प्रधानन्यायधीशविरुद्धको महाभियोगबारे जानकारी पाएका थिए ।
सत्तारूढ गठबन्धनमा रहेको जनता स...