नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वलीका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन