लमजुङ – लमजुङका घुम्ती गोठ हिमालको काखैमा पुगेका छन् । गर्मी लागेसँगै लेक उक्लन थालेका घुम्ती गोठहरू अहिले हिमालको काखैमा पुगेका हुन् ।
यो समयमा बेसीमा गर्मी हुनुका साथै पशु आहारा (घाँस) को समेत अभाव हुने र लेकमा पर्याप्त घाँस हुने भएकाले किसानले अहिले घुम्ती गोठ माथिल्लो क्षेत्रमा सारिसकेका र गोठ हिमालको काखैमा पुगेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका ...