लमजुङ – लमजुङमा घुम्ती गोठमा पशुपालन गर्ने परम्परा अझै कायमै छ । यहाँका ग्रामीण क्षेत्रका किसानले वर्षाैँदेखि घुम्ती गोठमा गाई–भैँसी, भेडाबाख्रा पाल्दै आएका छन् । विशेषगरी जिल्लाको दोर्दी गाउँपालिका, क्वहोलासोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँका किसानले परम्परागत घुम्ती गोठमा पशुपालन गर्दै आएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।तीन सय हाराहारीमा घुम्ती गोठविज्ञ केन्द्रका अनुसार लमजुङमा तीन सय हाराहारीमा घुम्ती गोठ रहेका छन् । लमजुङमा एक सय हा...