म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित भ्वाङेमा रहेको जिल्लाकै सबैभन्दा ठूलो भेडाबाख्राको बथान । व्यावसायिक रूपमा मल्कवाङका हिमबहादुर छन्त्यालले पुर्खाले जीवन बिताएको जंगल र भीरपाखामा परम्परागत भेडाबाख्रा पालनलाई निरन्तरता दिएका छन् । उनको गोठमा भेडाबाख्रा र पाठापाठीसहित ६ सय भेडाबाख्रा छन् । तीनजना निगरानी गर्ने हेरालु र रातमा भेडाबाख्राको सुरक्षा गर्ने चारवटा कुकुर छन् । भेठीगोठमा बिहान […]