भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् ।
‘हामी भिड्ने पूरै तयारीमा थियौं तर युद्ध टर्यो,’ उनले लेहमा पत्रकारहरूलाई बताए ।
जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ ।
भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन ।
भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको...