सोलुको बजारमा लागेको आगो नियन्त्रणमा : चार घर नष्ट, एकमा आंशिक क्षति

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिए । आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरक

सम्बन्धित सामग्री

आगलागीबाट एक घर नष्ट

जनकपुरधाम : धनुषामा आगलागी हुँदा एकजनाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१ स्थित लक्ष्मीनिवासको बसही खोला किनारमा अवस्थित नयाँ टोलमा आइतबार दिउँसो आगलागी हुँदा स्थानीय चौठी मुखियाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्नपात गरी करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।स्थानीयको सहयोगले आगो नियन्त्रणमा आइसकेको वडा सचिव शिवशंकरप्रसाद सिंहले बताए।

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति

५ पुस, सोलु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिए । आगलागीबाट चार घर पूर्णरुपमा […]

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै […]

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ । ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरक

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै […]

मुड्केचुलामा आगलागीबाट एक घर जलेर नष्ट

डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. ९ होर्तको मासदारामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बेलुकी पख लागेको आगोले ९ नं. वडा निवासी जयखर बुढाको घर आगजनीबाट पूर्ण रूपमा जलेको हो । स्थानीयले आगो नियन्त्रणमा लिए पनि सामान र पैसासमेत जलेको छ । मानवीय क्षति भने नभएको बुझिएको छ ।

ताप्लेजुङको मेरिङदेनमा आगलागी, ४२ लाखको क्षति

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको हो । आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् । करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट पाँच लाखको क्षति

बैतडी : डिलासैनीमा एक पसलमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। वडा नम्बर ७ मा स्थानीय गंगा धामीले सञ्चालन गर्दै आएका किराना पसल र होटलमा शनिबार राति आगलागी भएको हो।आगलागीबाट पाँच लाख रूपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक धामीले बताए।  आगजनीबाट पसल पूर्ण रुपमा क्षति पुगेको छ। पसल सञ्चालक गंगा धामीले बिहान ५ बजे ३८ मिनेटसम्म आफू पसलमै रहेको भए पनि त्यसपछि आफू घर गएको बेला पसलमा आगजनी गरिएको बताए।बिहानै पसलमा आगो लागेको देखे पनि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइए

सोलारको ब्याट्री पड्किएर दुई घर जले

सल्यान : सल्यानमा सोलारको ब्याट्री पड्किदा दुई घर जलेर नष्ट भएका छन्। जिल्लाको दार्मा गाउँपालिका–३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो। सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुरको घरमा रहेको सोलारको ब्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ। आगलागीबाट दुवै घर तथा घरमा रहेको खाद्यान्न, लुगाकपडा, नगद, गरगहना गरी ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दार्मा इन