जनकपुरधाम : धनुषामा आगलागी हुँदा एकजनाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१ स्थित लक्ष्मीनिवासको बसही खोला किनारमा अवस्थित नयाँ टोलमा आइतबार दिउँसो आगलागी हुँदा स्थानीय चौठी मुखियाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्नपात गरी करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।स्थानीयको सहयोगले आगो नियन्त्रणमा आइसकेको वडा सचिव शिवशंकरप्रसाद सिंहले बताए।