बलेफी गाउँपालिका–२ फुल्पिङकोट अर्चले गाउँका कृषक उद्धव कोइरालालाई सानैदेखि प्रविधिमा चाख थियो । जिज्ञासु स्वभावका उनी प्रत्येक विद्युतीय सामग्री खोलखाल पारिहाल्थे । घरछेवैमा छङछङ बगिरहेको अँधेरी खोला देख्दा उनको मनमा लाग्थ्यो– आफैंले बिजुली निकाल्न पाए ! नभन्दै स्थानीय सामग्री प्रयोग गरेर आधा इन्चको पाइपबाट उनले खोलाको पानी ल्याए र बिजुली बाले ।