काठमाडौं– राजनीतिक अन्योल र आर्थिक संकटकै बीच चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक लगानी भने उत्साहजनक रुपमा बढेको छ । साउनमा करिब १२ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार साउनमा ११ अर्ब ९३ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । अघिल्लो आवको साउनको तुलनामा चालु आवमा साढे […]
विश्वव्यापी मन्दीका कारण नेपालको प्रत्यक्ष वैदेशिक लगानी चालु आर्थिक वर्षमा निराशाजनक रहेको छ । यो आवको जेठसम्म कुल ३४ अर्ब ५८ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । वर्ष सकिन एक महिना बाँकी रहँदा वैदेशिक लगानी स्वीकृति गत वर्षभन्दा निकै कम हुने देखिएको छ । जेठमा सुधारसँगै थपिएको ४ अर्ब ९६ करोड लगानी प्रतिबद्धताले यस […]
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का क्षेत्रमा चालू आर्थिक वर्षको सुरुवातदेखि उतारचढाव देखिएको छ । अघिल्लो महिना (माघ) मा स्वात्तै घटेको वैदेशिक लगानी प्रतिवद्धतामा फागुनमा भने केही सुधार देखिएको छ । उद्योग विभागका अनुसार माघको तुलनामा फागुन महिनामा करिब २८ प्रतिशत बढी वैदेशिक लगानी स्वीकृत भएको छ । यद्दपि, अघिल्लो वर्षको फागुनको तुलनामा यस वर्ष लगानी प्रतिवद्धता […]
चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि
नेपालमा कमर्सियल कर्जा लिने स्थिति छैन, विदेशी सहयोग पनि पर्याप्त छैन । त्यसैले वैदेशिक लगानी अपरिहार्य छ ।
ठूला राजनीतिक दलले आसन्न निर्वाचनलाई लक्षित गरी आगामी पाँच वर्षभित्र ठुल्ठूला परियोजना बनाउने...
पछिल्ला वर्षहरूमा सरकारको भनाइ तथा गराइमा सामञ्जस्यता नभएका कारण लक्ष्यअनुसार वैदेशिक लगानी भित्रिन सकेको छैन । यसै पनि नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको एकतिहाइमात्र भित्रिने गरेकोमा पछिल्ला वर्षहरूमा सरकारले कानुनमा सुधार गरेको तथा लगानीयोग्य वातावरण बनाएको दाबी गरे तापनि वैदेशिक लगानी भित्रिने स्थितिमा सुधार आउन सकेको छैन । सरकारले प्रत्यक्ष वैदेशिक लगानीका निमित्त विभिन्न नीतिनियम परिमार्जन […]
आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो । आव २०७४/७५ मा ऊर्जा क्षेत्रमा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।त्यसपछिको आव २०७५/७६ मा ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता आएन । त्यस वर्ष ऊर्जाक्षेत्रमा किन वैदेशिक लगानी प्रतिबद्धता आएन भन्नेबारे यकिन भने भएको छैन । विभागका महानिर्देशक रामचन्द्र तिवार
कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयसँग यसको पक्ष र विपक्षमा बहस चर्किन थालेको छ। कोही कृषिमा वैदेशिक लगानी भित्र्याउन पर्छ भन्छन् भने कोही भित्र्याउन हुँदैन भन्छन्।