आफ्ना सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएको उत्तर कोरियाले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास जारी राखेको छ । यस क्रममा उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ …