काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा […]