काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन: दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे। ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमा