काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताउनुभएको छ ।
उहाँले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयोे । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले आज बुटवलमा आयोजना गरेको पालिका तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधि...