काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार