पूर्व-पश्चिम राजमार्गको मध्य भागमा पर्ने बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काममा भइरहेको ढिलासुस्तीले यात्रुहरू निकै सास्ती भोग्न बाध्य छन् ।
साढे दुई घण्टामा पार गर्न सकिने यो खण्डमा अहिले गाडीलाई ८ घण्टासम्म लाग्दा यात्रुले सास्तीमाथि सास्ती खेप्नुपरिरहेको हो ।
देशकै सबैभन्दा व्यस्त राजमार्गको ११५ किलोमिटर सडकखण्ड पछिल्लो सात/आठ महिनायता धुलाम्मे र हिलाम्य छ, जसका कारण सार्वजनिक यातायातका सवारी साधन मात्र नभई आकस्मिक सेवा प्रवाह समेत प्रभावित भएको छ ।
अझै बर्दघाट, दाउन्ने दुम्किबाससम्मको १५ किलोमिटर सडक पार ग...