केही महिना अघिसम्म मास्क नलगाइ हिँड्ने मान्छे भेटिनै मुस्किल थियो । घरबाहिर निस्कँदा मात्रै होइन, घरभित्रै ओछ्यानमा सुत्दा पनि मान्छेले मास्क लगाउँथे । खाना खाने बेलामा समेत फुकाल्न डर मान्थे । एक वर्षअघि कोरोनाको डरले लकडाउन भएपछि मान्छेलाई लाग्यो-मास्क नै सबैथोक हो, मुखमा मास्क लगाएपछि कोरोना तर्सेर भाग्छ । तर नेपालीका आफ्नै ज्ञानले ठहर गर्यो-मास्कले कोरोना हैन, सुन्दरता छेक्छ । कसैलाई देखाउनकै लागि श्रृङ्गारपटार गरेको अनुहारलाई मास्कले अवरोध गर्छ । खुलेर बोल्न र विरोधीलाई पेल्न मास्कले डिस्टर्ब गर्छ।यो ज्ञान हासिल गरेपछि ...