एजेन्सी । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीकाअनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।