नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकाहरुले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।यस क्रममा यहाँको सेनाले