चुनावी प्रचारमा भारतीय गाडी

निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै र सस्तोमा पनि पाइने भएकाले उम्मेदवारहरूले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् ।

सम्बन्धित सामग्री

फिल्मी शैलीमा उम्मेदवारको अघि–पछि भारतीय गाडी

बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषले चुनावी र्‍यालीमा प्रयोग गरेका भारतीय गाडी भारतीय नम्बरप्लेटका यी गाडी बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान...

भारतीय गाडी प्रयोग गरेर जुलुस प्रदर्शन

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेर चुनावी प्रदर्शन गरेका छन्। जनमत पार्टीका नेता शेषले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। किसान मजदुरको उपस्थितिमा शेषले भारतीय गाडी प्रयोग गरेर नेपालगञ्जमा चुनावी प्रदर्शन गरेका हुन्। जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर […]

प्रधानमन्त्री देउवाको आमसभामा भारतीय गाडीको प्रयोग

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको डडेल्धुरा बसपार्कको चुनावी आमसभामै भारतीय गाडीको प्रयोग भएको छ। उनले मंगलबार दिउँसो नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए।देउवा सभास्थल पुग्नुअगाडि भारतीय गाडी यहाँ आइपुगेको थियो। कांग्रेस डडेल्धुराले बिहान १० बजे कार्यक्रम शुरु हुने बताएको थियो तर कार्यक्रम निर्धारित समयमा शुरु भएन। बसपार्कमा जम्मा भएका नेता–कार्यकर्तालाई मञ्चबाट लक्ष्मी बैंकनजिकै भेला हुन भनियो। त्यहाँ जिल्लास्तरीय

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा भारतीय गाडी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्न दिएको निर्देशन दलका उम्मेदवारले उल्लंघन गर्दै आएका छन् । चुनावी अभियानमा भारतीय नम्बरका सवारी साधन प्रयोग गर्न बन्देज लगाइए पनि खुलेआम प्रचार प्रसारमा प्रयोग भइरहेका छन् ।

देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

कैलाली । केही दिन पहिले मन्त्रीबाटै आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीत काम भएको पाइएको छ । नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् । यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग […]

एमालेको प्रचारमा भारतीय गाडी

बैतडी : नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ।एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन्।कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न