म्याग्दी : चार दिनदेखिको वर्षाका कारण जिल्लाका जनजीवन अस्तव्यस्त भएको छ। सडक, जलविद्युत् र कृषिमा ठूलो क्षति पुगेको छ भने दशैँसमेत निरशिलो बनेको छ।वर्षापछि आएको बाढीले म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जामा रहेको स्थानीय ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ। लघुजलविद्युत् अवरुद्ध बनेसंगै गुर्जामा रहेका २६५ घरधुरीमा अन्धकार भएको छ। केन्द्रीय विद्युतीकरणको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीय बासिन्दाले बत्ती बाल्न प