बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।