कोभिड–१९ सङ्कट व्यव स्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा सीसीएमसीका संयोजक डा. खगराज बरालका अनुसार कोभिड प्रभावित जिल्ला वा क्षेत्रमा अनलाइन वा वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्न सिफारिस गरिएको छ । यसअघि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न सकिने विकल्प खुला गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९)को नयाँ सङ्क्रमण बढ्ने अवस्था देखिएपछि सरकारले आलोपालाे प्रणालीकाे विकल्प खुला गरेकाे छ ।