नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकता गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको एमाले पोलिटब्युरो बैठकमा नेता भुसालले यस्तो प्रस्ताव राखेका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । ‘नेकपा एमाले वाम एकताको मुल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यक्ता छ’, भुसालले बैठकमा राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कम