नेपाल धरतीको यस्तो भूखण्ड हो जो असाधारण, अनुपम र अद्वितीय छ । यो विस्मयकारी भूगोल हो । यहाँ सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमशिखर छन् । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको होचो भूभाग कचनाकवल (केचना) जस्तो ठाउँ पनि यहीं छ । यहाँ प्राकृतिक विविधताका यस्ता अनेक दृष्टान्त छन् ।