काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्व घटेको बताएका छन् ।शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बौल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजश्व बढ्न नसकेको बताए। अर्थमन्त्री महतले राजश्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा ९.३३ प्रशिततले राजश्व बढेको जानकारी दिए । उनले राजश्व संकलनको संरचना परिवर्तन आएको
काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को बिक्री तीव्र गतिमा बढिरहेको छ । पछिल्ला केही वर्ष यता सरकारले ईभीको प्रयोग बढाउन लिएको प्रोत्साहन नीति, कर छुट, कम्बस्चनको तुलनामा संचालन खर्च कम लगायत कारणले यसमा उपभोक्ताको आकर्षण बढेको हो । पेट्रोलियम पदार्थमा सरकारले लगाएको अचाक्ली कर, परनिर्भरता र कमजोर भण्डारण क्षमताको कारण आम उपभोक्ताले सधैं दुःख पाउँदै […]
काठमाडौं । चीनले बुधबार विद्युतीय सवारी साधन र अन्य हरित कारको विक्री बढाउन ७२ अर्ब डलरभन्दा धेरैको कर छूट प्याकेजको घोषणा गरेको छ । आगामी चार वर्षभित्र सुस्ताइरहेको अटमो माग बढाउन सरकारले ईभी र अन्य खाले हरित ऊर्जाबाट चल्ने कारको खरिदमा ७२ अर्ब ३० करोड डलर (५ खर्ब २० अर्ब युआन) खर्च गर्दैछ ।
यो घोषणासँगै बुधबार चीनमा अटो निर्माता कम्पनीहरुको शेयर मुल्य बढेको थियो । विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा विक्री सुस्ताइरहेको अनि अर्थतन्त्रले लय गुमाइरहेको अवस्थामा सरकारले यस्तो खालको कुनै प्याकेज ल्याउँछ भन्ने अनुमान चाँहि बजारमा थियो । सन् २०२४ र सन् २०२५ मा स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधनले ३० हजार युआनसम्मको खरिद कर छूट पाउनेछन् ।
सन् २०२६ र सन् २०२७ मा यो छूट घटेर आधामा आउने अर्थमन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । कूल कर छूट ५ खर्ब २० अर्ब येन हुने उप अर्थमन्त्री सु होङखाईले भनेका छन् । अहिले पनि चीनले पूर्ण ब्याट्री, प्लग–इन पेट्रोल–बिजुली हाइब्रिड र हाइड्रोजन फयूल सेलबाट चल्ने सवारी साधन समेत सबै एनईभीमा छूट दिइरहेको छ । यो कार्यक्रमको बजेट यो वर्षको अन्यमै सकिदैंछ ।
पछिल्लो कार्यक्रम यही कार्यक्रमको निरन्तरता भएको बताइएको छ । चीन सरकारले यस अघि पनि चार पनि यो कार्यक्रमको म्याद थपेको छ । यस अघि सन २०१४, सन् २०१७, सन् २०२० र सन् २०२२ मा कर छूटको म्याद थपिएको थियो ।
हालैका वर्षमा सरकारले एनईभीको निकै प्रवद्र्धन गरिरहेको छ । यसले बीवाईडी, नियो र लि अटो जस्ता स्थानीय कम्पनीहरुलाई निकै टेवा मिलिरहेको छ । अहिले बीवाईडी फल्क्सवागनलाई उछिनेर चीनको सबैभन्दा ठूलो अटो निर्माता बनेको छ । खरिद छूटले सस्तो मोडलको विक्री बढाउने विश्लेषकहरुले बताइरहेका छन् ।
यी सस्ता मोडलहरु घरेलु अटो निर्माताहरुले बनाएका हुन् । चीनले ईभी खरिदमा एक दशकभन्दा लामो समयदेखि दिँदै आएको छूट अन्त्य गरेपछि यो वर्षको शुरुमा चीनमा एनईभीको विक्री घटेको थियो । तर टेस्ला लगायत अटो निर्माताहरुले धमाधम मूल्य घटाए अनि खरिद कर छूटको म्याद थपेपछि विक्रीमा सुधार आउन थालेको छ । एजेन्सी
१२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा २ हजार ९५५ वटा विद्युतीय चारपाङ्ग्रे सवारी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै ५०४ वटा विद्युतीय सवारी भित्रिएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय गाडीमा थप कर बढाउने गृहकार्य गरिरहेको चर्चा पनि भन्सारहरुमा बिजुली गाडीको जाँचपास पनि बढेको छ […]
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ । वर्षायाममा बिजुली खेर जाने भएकाले त्यसको आन्तरिक खपतका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता र बाध्यतामा सरकार छ । उता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएकाले पनि त्यसको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको छ …
बजेट घोषणाले मध्यम वर्गले चढ्ने करिब आधा करोडसम्मका विद्युतीय सवारी साधनको मूल्यमा बजेटका कारण बढ्ने छैन । तर विस्तारै आकर्षण बढेको बेला माथिल्लो रेन्जका गाडीमा कर र अन्तःशुल्क बढाउँदा पनि 'विद्युतीय सवारी साधन महंगो भयो' धारणा बन्ने र विद्युतीय सवारीको प्रयोग निरुत्साहन हुने जोखिम भने छ ।
१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको भन्सार दरमा हेरफेर गरेको छ । सरकारले १०० किलोवाटसम्मका सवारीमा भन्सार दर पुरानै कायम गरेको छ । तर महँगा विद्युतीय सवारीको कर भने बढेको छ । सरकारले नयाँ भन्सार दरलाई प्रगतिशील भनेको छ । विद्युत खपत बढाउन मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साही पनि नगर्ने र महँगा विद्युतीय […]
काठमाडौं । विद्युतीय सवारी साधनमा लगाइएको अन्तशुल्क कर हटाएपछि त्यस्ता सवारी साधनको आयात चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा २ सय ६१ वटा चारपाग्रे विद्युतीय सवारी साधान आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनामै १हजार १ सय ३ वटा भित्रिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा५० देखि ३० किलोवाटसम्म मोटर जडित विद्युतीय […]
सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।
काठमाडौं । पेट्रोलको मूल्य बढ्न थालेको एक वर्षभन्दा धेरै समय भएको छ । बढ्दो पेट्रोलको मूल्य र विद्युतीय सवारी साधनमा कम कर भएकै कारण नेपालमा विद्युतीय गाडी प्रति आम मानिसको चासो बढ्दै गएको छ । विद्युतीय गाडीको माग बढेको भएपनि धेरै छनोट र राम्रो सप्लाई नहुँदा धेरै मानिसले वाध्यताले पनि कम्बस्चन इन्जिन भएका गाडी किन्नु […]