विद्युतीय सवारीमा कर वृद्धि : पश्चगामी कि प्रगतिशील ?

बजेट घोषणाले मध्यम वर्गले चढ्ने करिब आधा करोडसम्मका विद्युतीय सवारी साधनको मूल्यमा बजेटका कारण बढ्ने छैन । तर विस्तारै आकर्षण बढेको बेला माथिल्लो रेन्जका गाडीमा कर र अन्तःशुल्क बढाउँदा पनि 'विद्युतीय सवारी साधन महंगो भयो' धारणा बन्ने र विद्युतीय सवारीको प्रयोग निरुत्साहन हुने जोखिम भने छ ।