आन्तरिक माग धान्न भारतबाट बिजुली फेरि आयात

नेपालको आन्तरिक माग धान्न भारतबाट ६ महिनापछि बिजुली आयात थालिएको छ । २१ असारमा माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि भारतबाट आयात रोकिएको थियो । त्यसको ठ्याक्कै ६ महिनापछि हिजो सोमबार (मङ्सिर २०) मा भारतसँग नेपाल विद्युत् प्राधिकरणले माग धान्न १८० मेगावाट बिजुली किनेको हो ।विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सुख्खायाम लागेसँगै नेपालको उत्पादन खुम्चिएपछि भारतबाट बिजुली आयात पुनः थालिएको बताए । आन्तरिक माग धान्न नेपालबाट हुने निर्य

सम्बन्धित सामग्री

सरकार भन्छ- भारतबाट दिउँसो मात्रै बिजुली आए पनि लोडसेडिङ हुँदैन

साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नपाउँदा त्यसले पुनः लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता सर्वसाधारणले गरिरहेका छन् ।

उपकरणले नधान्दा झ्याप्प–झ्याप्प बत्ती जान थाल्यो, २६० मेगावाट भारतबाट आयात

काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिज...

फेरि भारतबाट बिजुली किन्न शुरू, दैनिक औसत १७० मेगावाट विद्युत् आयात

काठमाडौं ।  झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै  आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युत्को माग उच्च भएको तथा हिउँ जम्दा नदीमा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन घटेकाले माग व्यवस्थापन गर्न भारतबाट दैनिक औसत १७० मेगावाट विद्युत् खरिद गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले […]

स्वदेशी बिजुलीबाटै तिहारको उज्यालो

६ कात्तिक, काठमाडौं । भोली सोमबार (७ कात्तिक)मा लक्ष्मीपूजा । सो दिन साँझमा देशभर नै घर-घरमा झिलिमिली बत्ती बालेर दीपावली हुनेछ । त्यसदिन नेपाल विद्युत् प्राधिकरणलाई विगतको जस्तो बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने होला भन्ने चिन्ता छैन । किनकी नेपालमै उत्पादन हुने बिजुलीको परिमाण दीपावलीका लागि पर्याप्त छ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी […]

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने उनको भनाइ थियो […]

संसद बैठक : ठूला जलाशय आयोजना सरकार आफैँले बनाउन माग

सांसदहरुले ठूला जलाशययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे।लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने उनको भनाइ थियो । ११२ वर्षमा दुई हजार १७१ मेगावाट मात्र बिजुली उत्पादन गरेको भन्दै उनले भने, “११२ वर्षमा हामीले दुई १७१ मेगावाट मात्र बिजु

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ,२७ जेठ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफँैले बनाउनुपर्ने उनको भनाइ […]

बिजुली निर्यात शुरू भए पनि आयात कायमै

काठमाडौं । स्वदेशी उत्पादन बढ्न थालेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । प्राधिकरणले यहाँ खपत भएर बाँकी रहने विद्युत् भारतमा निर्यात गर्न थाले पनि आयात गर्नुपर्ने बाध्यता कायमै छ । प्राधिकरणले अझै भारतबाट चौबीसै घण्टा न्यूनतम ६० मेगावाट विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले विशेषगरी सुदूरपश्चिम क्षेत्रलाई लक्ष्य गरेर टनकपुर प्रसारण लाइनबाट उक्त परिमाणमा विद्युत् आयात गरेको हो । सुदूरपश्चिममा विद्युत् आयोजनाको संख्या कम छ । त्यसो हुँदा त्यस क्षेत्रमा अझै पनि मागअनुसार विद्युत् उत्पादन हुन सकेको छैन । प्रसारण लाइन पर्याप्त नहुँदा अन्य क्षेत्रको बिजुली त्यहाँ पुर्‍याउन सकिएको छैन । यस्तै प्राविधिक समस्याले विद्युत् आयात गर्नुपर्ने बाध्यता कायमै रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘भारतमा विद्युत् निर्यात गर्न शुरू गरे पनि प्राविधिक समस्याका कारण आयात गर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम क्षेत्रमा अझै पनि मागअनुसार विद्युत् उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले टनकपुरबाट सामान्य अवस्थामा समेत ५०/६० मेगावाट विद्युत् आयात गरिरहेका छौं । तर, यो अवस्था लामो समयसम्म जाँदैन । स्वदेशी उत्पादन बढ्दै गएका कारण अब छिट्टै त्यो आयात पनि विस्थापित हुन्छ ।’ स्वदेशी उत्पादन बढेसँगै प्राधिकरणले गत बिहीवारदेखि भारतमा विद्युत् निर्यात गर्न थालेको थियो । त्रिशूली र देवीघाट जलविद्युत् आयोजनालाई स्रोत मानेर प्राधिकरणले बिहीवारदेखि ३९ मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । शनिवारदेखि १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनालाई स्रोत मानेर थप १४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ । प्राधिकरणले अधिकतम प्रतियुनिट १९ रुपैयाँ (भारू १२) मा भारतमा बिजुली निर्यात गरिरहेको छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण वर्षायाममा खोलामा पानी बढी हुँदा आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन्छन् । यहाँको उत्पादन बढी हुँदा भारतमा निर्यात गर्न सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन घट्छ । त्यो समयमा भने प्राधिकरणले भारतबाटै विद्युत् आयात गरेर यहाँको माग पूर्ति गर्दै आएको छ । भारतमा भने कोइलामा आधारित आयोजना बढी हुँदा जुनसुकै बेला पनि आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सकिन्छ । तर, पछिल्लो समय रूस–युक्रेन तनावका कारण कोइलाको अभाव हुँदा भारतमा विद्युत् उत्पादन कम छ । यसले गर्दा भारतमा बिजुली किनबेच मूल्य अझै पनि उच्च विन्दुमा छ । त्यो अवस्थामा प्राधिकरणले १/२ महीनायता भारतीय बजारबाट पर्याप्त मात्रामा बिजुली पाउन सकेको थिएन । त्यसबेला प्राधिकरणले यहाँ लोडशेडिङसमेत गरेको थियो । अहिले लोडशेडिङ गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । मंगलवारदेखि त मर्स्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली पनि निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्वदेशी उत्पादन बढेसँगै हामीले अहिले दैनिक २०० मेगावाट हाराहारी विद्युत् निर्यात गर्न शुरू गरेका छौं । मंगलवारदेखि मर्स्याङ्दी आयोजनाको ७० मेगावाट पनि निर्यात गर्छौं,’ आर्थिक अभियानसँग उनले भने, ‘साथै, भारतबाट विद्युत् विक्रीको अनुमति पाएका अन्य आयोजनाको बिजुली पनि अब छिट्टै निर्यात हुन्छ ।’ भारतले कालीगण्डकी ए, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, लिखु–४, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३६४ मेगावाट बिजुली आफ्नो बजारमा विक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ । बाँकी रहेका अन्य आयोजनाबाट पनि छिट्टै निर्यात शुरू गर्ने प्राधिकरणको तयारी छ । अहिले नेपालमा विद्युत्को कुल जडितक्षमता २२ सय मेगावाट हाराहारी छ । उत्पादन भने १५/१६ सय मेगावाट हाराहारी छ । पिक टाइममा विद्युत् माग पनि १५/१६ सय मेगावाट हाराहारी पुग्छ । त्यसअनुसार पिक टाइममा कम बिजुली निर्यात गर्नुपर्ने हुन्छ । अन्य समयमा भने २०० मेगावाट निरन्तर निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

लागत नबढ्ने गरी बुढीगण्डकी आयोजना निर्माण गरिने

मुलुकमा अहिले पनि हिउँदमा ३–४ सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग धान्नुपर्ने अवस्था छ। अर्काेतर्फ राज्यले करिब ३५ अर्बभन्दा धेरै मुआब्जामा खर्चिएको आयोजना भने वर्षाैंदेखि अलपत्र परिरहेको छ।...

बिजुलीको माग व्यवस्थापनबारे उद्योगीसँग छलफल गर्दै प्राधिकरण

१० चैत, काठमाडौं । रुस-युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ । भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् । यसले गर्दा यो सुक्खायामको प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा […]