नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक