काठमाडौं : सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ।क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो।‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उनले भने, ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ।’गत असार र साउन महिनामा मेलम्ची र इन्द्राव