काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

सम्बन्धित सामग्री

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

काठमाडौं, पुस २४। उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा […]

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको

उपत्यकामा शुक्रबारदेखि दिइने भयो मेलम्चीको पानी

काठमाडौं : मेलम्ची खानेपानी भोलि(शुक्रबार)बाट काठमाडौं उपत्यकामा पुन: वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिए।‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम छ,’उनले थाहाखबरसँग भने। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।पहिलो चरणमा दैनिक ४ करोड लि

पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

– पूर्णप्रसाद मिश्र/ देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा नपर्दा १६ वर्षसम्म निर्माण नभएको सरोकारवालाले गुनासो गरेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका क्रममा दाताले खानेपानीको गुणस्तर […]

मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।गत  वर्ष  असार

काठमाडौंमा मेलम्चीको पानी पुनः रोकिने

मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो …

तस्वीर : मेलम्ची खानेपानी आयोजनाको सुरुङ

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजना स्थलको मुहान । मेलम्ची खानेपानी विकास समितिले मंगलवारबाट खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ ।अस्थायी बाँधमार्फत सुरुङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ। उपभोक्ताको धारामा पानी आउन भने एक साताभन्दा बढी लाग्ने छ । एक वर्षअघि परीक्षणका रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न शुरु गरिएको थियो। तर गत वर्षायाममा आएको पहिरोका कारण उक्त आयोजनाका सुरुङहरू पुरिएपछि त्यसमा अवरोध उत्पन्न भएको थियो। तस्वीर : रासस

मेलम्ची खानेपानी आयोजना : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।       चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।       अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।      कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने । आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए । कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिको भनाइ छ । हेडवक्र्समा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुन सक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठीक हुने पन्तले बताए । अवधि थप र कार्ययोजना दुवैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुंगो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुन सक्ने उनले बताए । निर्माण शुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गतवर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरू भएको थियो । रासस

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।

मेलम्चीको पानी आउने समय पर धकेलियो

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो । तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी