मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो । अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो । अहिले