जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । […]
काठमाडौं : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ। चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ।
काठमाडौँ । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । आज (सोमबार) सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने जनाएको हो । साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।
काठमाडौं : मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश २ को सरकारले प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ।
काठमाण्डाै – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर माेहम्मदकाे जन्मदिनको अवसरमा भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वीरगन्ज । प्रदेश–२ सरकारले जितिया पर्वको सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ । पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति […]
काठमाडौं । प्रदेश २ सरकारले बुधबार (आज) सार्वजनिक बिदा दिएको छ।भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।
धनुषा : प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन्।
वीरगंज : प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्।
जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस…
धनुषा कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले कृष्णष्टमी पर्व मनाउन आज सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।