प्रदेश २ सरकारले विवाह पञ्चमीमा सार्वजनिक बिदा दिने

काठमाडौँ । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । आज (सोमबार) सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने जनाएको हो । साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...

विवाह पञ्चमीमा विदा, आज तिलकोत्सव

काठमाडौं । प्रदेश २ सरकारले राम जानकी विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । गत शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधबार राम–जानकी वैवाहिक कार्यक्रम रहेको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मेलाका कारण हुने […]

बुधबार सार्वजनिक बिदा

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश-२ मा मंसिर २२ गते सार्वजनिक बिदा

१९ मंसिर, जनकपुर। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय […]

प्रदेश २ : विवाह पञ्चमी महोत्सवमा सार्वजनिक बिदा

जनकपुर । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म नगर क्षेत्रका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकप