कच्चा पदार्थको अभाव भएपछि चितवनका दाना तथा औषधिजन्य उद्योग संकटमा

जेठ १३, चितवन । झण्डै एक महीनादेखिको निशेधाज्ञाका कारण चितवनका दाना तथा औषधीजन्य उद्योग संकटमा पर्न थालेका छन् । विशेषतः यस्ता उद्योगहरुलाई चाहिने कच्चापदार्थ  भारत तथा तेस्रो मुलुकमा निर्भर हुने हुँदा यसको असर यस्ता उद्योगमा परेको हो । अब पुनः एक हप्ता निशेधाज्ञा थपिएमा सबै कच्चा पदार्थको मौज्दात सकिने उद्योगीहरुले बताएका छन् । हाल कच्चा पदार्थको आयात सहज नभएको र मूल्य वृद्धि हुँदा थप समस्या झेल्नु परेको उनीहरुको भनाइ छ । अनमोल फिड्स प्रालि नारायणगढका प्रबन्ध निर्देशक शंकर कंडेल अब एक साता निशेधाज्ञा थप भए पूर्णरुपमा उद्योग बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । ‘अबको एकसाताको लागि त जेनतेन कच्चा पदार्थ त पुग्ला त्यसपछि त उद्योग बन्द गर्नैपर्ने स्थिति आउँछ । भटमास, पीना अन्य औषधीजन्य कच्चा पदार्थ भारतबाटनै आउनै कम भएको छ’, कंडेलले भने । उनका अनुसार मानिसको दैनिक खाद्य बस्तु उत्पादन र विक्रीमा समस्या नआएपनि पशुंपक्षीको दाना उत्पादनमा भने समस्या देखिन थालेको हो ।  ‘निशेधाज्ञा भनेर नत कुखुराले दाना खान कम गर्छन् न अन्य पशुपंक्षीले’, उनले भने, ’ ब्रोइलर कुखुरा र अण्डा मासु विक्री भएन भने थप दाना, औषधीको उपभोग बढ्छ ।’  निशेधाज्ञाले पशुपंक्षीको मात्रै होइन अन्य कृषि खेतीमा प्रयोग हुने मल, बिषादी र पोषणजन्य उद्योगमा समेत असर पर्दै गएको छ । ‘अहिले भन्सारबाट सामान छुटाउन पनि गाह्रो छ । बजारमा माग पनि कम छ’ , उद्योग संघका उपाध्यक्ष एवं गोल्डेन एग्रो प्रालिका प्रबन्धक मदन घिमिरेले भने, ‘उत्पादन पनि पूर्ण क्षमतामा गर्न सकिएको छैन ।’  अन्य सामान्य अवस्थामा भन्दा निशेधाज्ञाको समयमा उत्पादन र बिक्रीको अनुपात झण्डै ५० प्रतिशतले  ह्रास आएको घिमिरेले बताए । हाल बर्षायाम शुरु हुँदै गर्दा धान,तथा अन्य तरकारी तथा फलफूल लगाउने सिजन भएपनि किसानमै नैराश्यता र अन्यौल हुंँदा उत्पादन, खरीदविक्रीमै असर परेको उनको भनाइ छ ।  दाना र औषधीजन्य उद्योगहरुमा निशेधाज्ञाले असर पुगेपनि अन्य निर्माणजन्य र अन्य मानिसको दैनिक उपभोग्य उत्पादनमा भने असर पुगेको छैन । मानिसको चहलपहल र आर्थिक गतिविधि सुस्सता आएपछि नत त्यस्ता उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छन नत बजारमा मागनै छ ।  उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ कृषि र पशुपंक्षी उद्योगमा केही असर पुगेपनि अन्य उद्योगहरु आंशिक तथा पूर्ण रुपमा चलेको बताउँछन् । ‘पोहोरजस्तो उद्योगहरु ठप्प छैनन, सबै उद्योगहरु आंशिक  रुपमा भएपनि चलेका छन्,’ श्रेष्ठले भने ।   कृषिजन्य उद्योगको उत्पादनलाई निशेधाज्ञाले असर परे पनि अन्य दैनिक उपभोग्य बस्तुको उत्पादनमा असर परेको छैन । मानिसको उपभोग्य जन्य बस्तुको उपभोगमै कमी आएका कारण उत्पादन र विक्रीको सन्तुलन मिलेको छैन । ‘उद्योगको प्रकृति अनुसार उत्पादन र विक्रीमा निशेधाज्ञामा असर पर्नु स्वभाविक हो’, उनले भने, ‘तर पोहोर जस्तो दयनीय अवस्था भने छैन ।’  बजारमा खरीदविक्री नै कम भएपछि फूड एण्ड वेभरेज जन्य उद्योगको उत्पादन र उपभोगमा असर परेको छ । यस्ता वस्तुहरु लामो समयसम्म भण्डारण गर्न नसकिने र उत्पादित बस्तुको बजार पनि अन्यौल हुँदा बन्द हुने अवस्था आएको हो ।  चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल निशेधाज्ञा थपिदै जाँदा आगामी साता ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताउँछन् ।   ‘उद्योगलाई पहिलेकै अवस्थामा फकाएउन कर्जा पुर्नतालिकिकरण र पुनरकर्जा बिशेष राहत प्याकेज विना सम्भव छैन’, पौडेलले भने ।  उद्योगहरुमा कच्चा पदार्थको अभावसँगै बजार ठप्प रहेकोले उत्पादन भएर पनि उपभोगमा सन्तुलन आउन सकेको छैन । चितवनमा साना मझौला, ठूला उद्योग सबै गरी २ हजारभन्दा बढी उद्योग छन् जहाँ २ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । 

सम्बन्धित सामग्री

उद्योगलाई कच्चा पदार्थ अभाव

धनगढी– प्लान्ट क्वारेन्टिन बन्द भएपछि कच्चा पदार्थ ल्याउन नपाउँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघले भारतीय कच्चा पदार्थको भरमा चलेका दाना उद्योग, खाद्यान्न उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । साउन २८ देखि कुनै पनि कृषि उत्पादन आयात गर्न नपाइएको संघले जनाएको छ । धनगढीमा दाना उद्योग र […]

नेपाल दाना उद्योग संघमा रविन पुरी

काठमाडौँ – नेपाल दाना उद्योग संघको २१औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले गरेका थिए। अध्यक्ष पुरीले नेपाल दाना , कुखुराको चल्ल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भए पनि मुख्य कच्चा पदार्थ मकै तथा […]

दानाको कच्चा पदार्थ आयातमा लगाइने कर घटाउन व्यवसायीको माग

३० फागुन, काठमाडौं । कच्चा पदार्थमा भएको मूल्यवृद्धिले दानामा अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् । नेपाल दाना उद्योग संघले एक विज्ञप्ति निकाल्दै विभिन्न वस्तुको आयातमा सरकारले लगाइरहेको कर घटाउन माग गरेका हुन् । दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अशोभाविक […]

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

रूस–युक्रेन तनावको असर नेपाली भान्सासम्म, खानेतेलको मूल्य बढ्दै

काठमाडौं, फागुन ११ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो […]

दानाको भाउ बढेसंगै मासुको मूल्य बढ्यो

काठमाडौं, पुस २ ०। कुखुराको दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थ मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य आकाशिएपछि दानाको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमानै यस्ता वस्तुको मूल्य बढेपछि नेपाली बजारमा समेत त्यसको असर पर्न गई दानाको मूल्य करीब दोब्बरले बढेको छ । नेपाल दाना उद्योग संघले प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको जनाएको छ । […]

मासिक ७० करोडको दानाको कच्चा पदार्थ आयात

कुखुराको दानाको कच्चा पदार्थ खरिदका लागि मासिक करिब ७० करोड रुपैयाँ विदेशिइरहेको छ । नेपालमा माग अखुसार कच्चा पदार्थ उत्पादन हुन नसक्दा यो रकम विदेशिएको हो । अहिले देशमा दानाको माग दैनिक १ हजार ६ सय टन छ र दानाको कच्चा पदार्थ ६० प्रतिशतसम्म विदेशबाट आयात भइरहेको छ । दानाको मूल्य प्रतिटन २७ हजार पर्छ । दाना निर्माणका लागि मकै, भटमास तिलको पिना, तोरीको पिना, ढुटो, र बोनमिल आवश्यक पर्छ । यसमा खनिज, भिटामिन तथा अन्य लवण तथा रसायनहरुको मिश्रण गरिन्छ । ‘४० प्रतिशत मकै र तोरीको पिनामात्र नेपलमा उत्पादन हुन्छ अरू सबैका लागि विदेशमै भर पर्नुपर्छ,’ नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने । दाना निर्माणमा ५० प्रतिशत भन्दा बढी हिस्सा मकैको हुन्छ । तर यो वर्ष तराईमा मकैको उत्पादन कम भएकाले थप मकै भारतबाट भित्र्याउनुपर्ने खत्रीले बताए । मकै तिलको पिना, भटमासको पिना, ढुटो, बोनमिल भारतबाट ल्याइन्छ । भिटामिन, लवण, खनिज लगायतका रसायन अमेरिका, थाइल्यान्ड, सिंगापुर, चीन, कोरिया, फ्रान्स लगायतका देशबाट आयात गरिन्छ । वर्ष ५, अंक ४३, २०६७, असार १४– २०

धुलो दूध मात्र होइन खेर जाने तरकारी पनि कुखुराका दाना

धुलो दूध (एसएमपी)को कुखुरामा बजार खोजिएजस्तै बन्दा, काउली, साग, प्याज, लसुनजस्ता तरकारी एवं इपिलइपिल र वर्षिम जस्ता घाँस पनि कुखुराको दाना बनाउन उपयोगी देखिएको छ । भारतबाट दानाको कच्चा पदार्थ ल्याउन सकस भइरहेका बेलामा यता बिक्री नभएर फालिएका बन्दा, काउली, साग, प्याज, लसुनलगायतका तरकारीजन्य वस्तुबाट कुखुराका लागि पोसिलो दाना बनाउन सकिने विज्ञहरूले औँल्याएका हुन् । वर्षिम र इपिलइपिलको घाँस मिसाउन सके दानामा प्रोटिनको मात्रासमेत थपिने पोषणविद् प्रा. ईश्वर प्रकाशचन्द्र तिवारीले बताउनुभयो । “बन्दा, काउली र सागमा भिटामिन सी र आयोडिनको मात्रा पाइन्छ, जुन कुखुरालाई चाहिने तŒव हो,” कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापकसमेत रहनुभएका तिवारीले भन्नुभयो, “लसुन र प्याजले त रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आवश्यक तŒव दिन्छ । ” लसुन र प्याजमा हुने फस्फोरसको मात्राले विशेष त प्यारेन्ट जातका भाले कुखुरालाई प्रजनन क्षमता बढाउन सहयोगी हुने उहाँको धारणा छ ।

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो

काठमाण्डौ -  दानाको कच्चा पदार्थमा विदेशको भरपर्दो कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको हो ।  नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो देशबाट आयात गर्...