सिटी एफए कप च्याम्पियन

लन्डन, (एजेन्सी) लेस्टर सिटी यस सिजनको एफएकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताको शनिबार राति भएको उपाधि भिडन्तमा युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्ग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफएकपको च्याम्पियन बनेको हो । लेस्टर सिटीले चेल्सीलाई १–० को साँघुरो गोल अन्तरमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएको हो । यससँगै, […]

सम्बन्धित सामग्री

एफए कप : लिभरपुलसँग आर्सनल पराजित

काठमाडौँ– एफए कप फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको हो । लिभरपुलका लागि लुइस डिआजले एक गोल गरेका थिए । एक गोल भने आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल […]

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।

एफए कप: लिभरपुल अन्तिम १६ मा

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।...

एफए कप : चौथो चरणबाटै बाहिरियो लेस्टर सिटी

लेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नटिंगघम फरेस्टसँग ४-१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।

एफए कप फुटबल : चेल्सी पाँचौं चरणमा

चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार भएको चौंथो चरणमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो । वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेको छ । वेस्ट ह्यामले किडरमिनिस्टर हरियर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो । उसको जितमा आठौँ मिनेटमा स्कट म्याकटोमिनीले गरेको गोल नै निर्णायक बन्यो । चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।