नेपाल पूँजीबजार लगानीकर्ता संघले बुझाए प्रधानमन्त्री देउवालाई चार बुदे ज्ञापन पत्र

जेठ २२, काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष चार बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । आइतवार संघकी अध्यक्ष राधा पोखरेल सहितको पदाधिकारीहरुको टोलीले प्रधानमन्त्री देउवा समक्ष ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा शेयर धितो कर्जामा लगाइएको ४/१२ को नीति खारेज गरिनु पर्ने, सिडी रेसियोलाई खारेज गरेर पुनः सिसिडि मै फर्कनु पर्ने, जोखिम भार १५० प्रतिशत कायम गरिएकोमा पुरानै व्यवस्था कायम गरिनु पर्ने, र बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्ने विषय उल्लेख छ ।  ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्री समक्ष संघकी अध्यक्ष पोखरेलले पूँजीबजारको पछिल्लो अवस्था र समस्याको बारेमा जानकारी गराएकी थिइन् । राष्ट्र बैंकको पछिल्लो नीतिका कारण ऐतिहासिक रेकर्ड कायम गरेको बजार निरन्तर घटिरहेकाले यसको निकासका लागि पहल गर्न अध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेकी थिइन् ।  प्रधानमन्त्री देउवाले आफूहरुकै अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पूँजीबजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको पोखरेलको भनाइ छ ।  संघले सोमवार राष्ट्र बैंकमा पूँजीबजारको समस्या र समाधानका विषयमा छलफल कार्यक्रम तय गरिसकेको जानकारी समेत अध्यक्ष पोखरेलले गराएकी छिन् ।

सम्बन्धित सामग्री

शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगायतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेविसंघले […]

वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र, गभर्नरलाई कारबाहीको गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले आर्थिक संकट […]

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

३२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले […]

किसानलाई मलखाद उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर : नेपाल किसान महासंघ कञ्चनपुरले किसानलाई मलखाद, बीउ बिजन र कृषि उपकरण उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएकाे छ। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको हो।बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग पनि गरिएको छ।गत कार्तिकमा बेमौसमी वर्षाले क्षति भएको धानबालीको क्षतिपूर्ति दिनुपर्ने, शुक्लाफाँटा आरक्ष पीडित, मुक्त हलिया, मुक्त कमैया परिवारलाई बजेट उपलब्ध गराई रोजगारी दिनुपर्ने,

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ । मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको […]

दस बुँदे मागसहित संयुक्त ट्रेड युनियनको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संयुक्त ट्रेड युनियन संघर्ष समितिले दस बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

प्रधानमन्त्रीलाई राखेप कर्मचारी संघको ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ । बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको […]

महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गर्दै देउवालाई ज्ञापन पत्र

काठमाण्डाै – नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षहरूले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरूले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा ग...